Rule 5
विदेशबाट नेपालको बाटो गरी सोही मुलुकको अर्को भागमा लैजाने मालवस्तुको महसुल सुविधा सम्बन्धी व्यवस्था
(१) विदेशी मुलुकबाट नेपालकोे बाटो गरी सोही मुलुकको अर्को भागमा कुनै मालवस्तु लैजान चाहने मालवस्तुधनीले नेपालको बाटो प्रयोग गर्नु पर्ने कारण, नेपालभित्र पैठारी गर्ने र नेपालबाट निकासी गर्ने भन्सार कार्यालयको नाम र मालवस्तुको विवरणसहित विभागमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदनउपर जाँचबुझ गर्दा व्यहोरा मनासिव देखिएमा विभागले त्यस्तो मालवस्तु विदेशबाट नेपालको बाटो गरी सोही मुलुकको अर्को भागमा लैजान अनुमति प्रदान गर्नेछ । यसरीे अनुमति प्रदान गर्नुअघि विभागले सम्बन्धित मुलुकको नेपालस्थित दूतावास वा कूटनीतिक नियोगको सिफारिस पत्र माग गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम अनुमति प्राप्त गरे पछि मालवस्तुधनीले त्यस्तो अनुमति संलग्न गरी मालवस्तुकासाथ प्रज्ञापनपत्र भरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्नु पर्नेछ । यस्तो प्रज्ञापनपत्रमा सो मालवस्तु कुन भन्सार कार्यालयबाट पुन विदेशमा
निकासी गर्ने हो सो कुरा समेत स्पष्ट रूपमा खुलाउन पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्रज्ञापनपत्र प्राप्त हुन आएमा सम्बन्धित भन्सार कार्यालयले त्यस्तो मालवस्तुको विवरण खुलाई आफ्नो कार्यालयको सील लगाई सो मालवस्तु विदेशी मुलुकको कुनै भागबाट नेपालको बाटो गरी सोही मुलुककोे अर्को भागमा लैजाने गरी निर्दिष्ट स्थानमा पु¥याउन बढीमा सात दिनको बाटाको म्याद तोकी सोही व्यहोरा प्रज्ञापनपत्रमा खुलाई एक प्रति प्रज्ञापनपत्र मालवस्तुधनीलाई दिई विभागको अनुमति बमोजिम मालवस्तु लैजान दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम दिएको प्रज्ञापनपत्र र सो बमोजिमको मालवस्तु तथा ढुवानी सम्बन्धी कागजात निकासी हुने भन्सार कार्यालयमा पेश हुन आएमा र सबै विवरण भिडाउदा ठीक देखिएमा सो भन्सार कार्यालयले भन्सार महसुल नलिई सोही व्यहोरा प्रज्ञापनपत्रमा जनाई त्यस्तो मालवस्तु निकासी गर्न अनुमति दिनेछ र सो प्रज्ञापनपत्रको एक प्रति संलग्न गरी पैठारी गर्ने भन्सार कार्यालयलाई तीन दिनभित्र जानकारी पठाइदिनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम जानकारी प्राप्त भए पछि पैठारी गर्न दिएको भन्सार कार्यालयले मालवस्तुधनीबाट पहिले धरौटी लिएको भए सो धरौटी फिर्ता दिनु पर्नेछ ।
तर पहिले पैठारी भएको मालवस्तु आंशिक रूपमा मात्र निकासी भएको पाइएमा निकासी नभएजति मालवस्तुमा लाग्ने महसुल धरौटी राखेको भए धरौटीबाट कट्टा गरी असुल उपर गर्नु पर्नेछ र मालवस्तुमा लाग्ने महसुल धरौटी नराखेको भए सम्बन्धित व्यक्तिबाट असुल गर्नु पर्नेछ ।
(७) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा पैठारी गर्न निषेध गरिएका मालवस्तु विदेशबाट नेपालकोे बाटो प्रयोग गरी सोही मुलुकको अर्को भागमा लैजादा नेपाल सरकार र सम्बन्धित मुलुकको सरकारका बीच कुनै द्विपक्षीय सन्धि वा सम्झौता भएको रहेछ भने त्यस्तो सन्धि वा सम्झौताका प्रावधानहरू पूरा गर्नु पर्नेछ ।